चार मुक्तक : इलामे जेठो
कपन अनलाइन
काठमाडौं, असोज १२।
बिना सोच जीवनमा, जेजे गरिन्छ
ढङ्ग नपु¥याए भाग्य, त्यसै हरिन्छ
यदि ढोका अघिल्तिर, खाल्डो बनाए,
ओहोरदोहोर गर्दै जाँदा, आफैं परिन्छ ।
सयौं बीच नम्बर एक, छ यो भन्दिनु ल ?
अब फर्की आउन्न रे, भयो भन्दिनु ल ?
घरी आइज घरी जा जा,ऋणै खाए जस्तो,
बोलाएरै आ’को थ्यो रे,गयो भन्दिनु ल ?
शिक्षा दीक्षा जति जति, गराउँदै गयो
कुन्नि के भो एकअर्कामा, डराउँदै गयो
जति मान्छे शिक्षित हुँदै, गए पनि अचेल्,
किन हो मानवमा मानवता, हराउँदै गयो ।
पर्दै पर्दैन त्यो छेउ, आउँछ अनि लान्छ
यही सत्य मनमा लेउ, आउँछ अनि लान्छ
जोसुकैले जे जे भनोस्,खेल नियतिको,
को जान्दछ आँत भेउ,आउँछ अनि लान्छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
