हरिशयनी एकादशी विशेष : सुरेशचन्द्र घिमिरे

हरिशयनी एकादशी विशेष : सुरेशचन्द्र घिमिरे

कपन अनलाइन
काठमाडौं, असोज १२।

१) हरिशयनी
अर्को नाम यसको
देवशयनी
२) महिना चार
सुत्छन् हरि भगवान्
क्षीर सागर
३) मानव धर्म
जीवनको सम्पत्ति
गर्नु सत्कर्म
४) शिवको पूजा
धेरै फल पाइन्छ
भन्ने मान्यता
५) मान्यता यही
प्राणवायु बोट हो
रोपौँ तुलसी
६) मूल्य अधिक
भगवान् यी विष्णुको
मान्छौँ प्रतीक
७) महत्व अति
तुलसीको अनेक
बन्छ ओैषधि
८) पुण्य हो भनी
यही बेला चतुर्मास
हुन्छ थालनी
९) मेरो चाहना
सबै एकादशीको
शुभकामना

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।