चार मुक्तक : गंगा लिगल

चार मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाडौं ,साउन ९।

बुद्धले विश्वमा शान्ति छरेर गए
सबको मनमा आनन्द भरेर गए
जतिले बिरोधी हात बजाए पनि,
धर्म र कर्मलाई अमर गरेर गए ।

उड्दै छ पन्क्षीहरू चौतर्फ रमाई गगन
रमाई मगनमस्त घुम्दैछन् चमन चमन
हावासँग उडिरहेछन् यत्त तत्र रमाउँदै,
आनन्दको बिहारले व्यथाको समन ।

जीवन रफ्तारमा अनेक काँडाहरू छन्
यो पन्छिने पनि विविध बाटाहरू छन्
जसले जीवनमा कष्ट दिन्छन् हामीलाई
विकृतिमा सलबलाउने नाताहरू छन् ।

समीर छ यहाँ अत्यन्त शीतलता पाइन्छ यहाँ
पवनको साथले माधुर्य जतातता पाइन्छ यहाँ
आनन्दको त छ अति छ साभार यस धर्तीको,
सधैँ आनन्दले पारेको विवशता पाइन्छ यहाँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।