गजल : नम्रता श्रेष्ठ

गजल : नम्रता श्रेष्ठ

कपन अनलाइन

काठमाडौं ,साउन २।

मेरो म बाहेक कोही नहुँदा, तिमी आफ्नो बनी कसरी आयौ ?
उजाड मेरो जिन्दगीमा, हरियाली बनी कसरी छायौ ?

टुक्रा–टुक्रा भइसकेको मुटु, फेरि जोड्न कसरी सिकायौ ?
दुःख–सुखमा एक्लै हिँड्ने म, सहयात्री बनी कसरी आयौ ?

डालीबाट झरिसकेको फूल म, अस्तित्व मेरो भुइँमा थियो,
फेरि वसन्त बनी जीवनमा, सम्मान मेरो कसरी जोगायौ ?

अँध्यारोले ढाकेको बाटोमा, जूनको उज्यालो कसरी छ¥यौ ?
निराश मेरो जिन्दगीमा, आशाको किरण बनी कसरी छायौ ?

रित्तो–रित्तो यो मनभित्र, माया यति धेरै कसरी भ¥यौ ?
मेरो साससँगै मिसिएर, तिमी प्राण बनी कसरी बस्यौ ?

ईश्वरसँग कहिल्यै मागिनँ, यस्तो अमूल्य साथको वरदान,
मौन प्रार्थनाको उत्तर बनी, मेरो जीवनमा कसरी आयौ ?

मेरो म बाहेक कोही नहुँदा, तिमी आफ्नो बनी कसरी आयौ ?
उजाड मेरो जिन्दगीमा, हरियाली बनी कसरी छायौ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।