गजल : ईश्वर साउँद (भिक्षु)

गजल :  ईश्वर साउँद (भिक्षु)

कपन अनलाइन

काठमाडौं ,साउन २।

बिकास भन्दा धेरै विनाश भएको देख्छु
आयु छोटिँदै मृत्यु अघि सरेको देख्छु ।

प्रकृतिलाई सुधार्छु भन्दै पौँठा कसेर,
मानिस आफ्नै स्थानबाट झरेको देख्छु ।

लास बनेर दिनरात पलपल बाँच्नु पर्यो ,
सास चले पनि जिन्दगी मरेको देख्छु ।

फुट्नेछ एक दिन पक्कै भरिएपछि त्यो,
पापको घडा दिनानुदिन भरेको देख्छु ।

राखेकै छ हिसाबकिताब, यो नबिर्स है,
अचम्म ! पापमै गंगा तरेको देख्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।