चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं ,साउन २।

निधारभरि स्वच्छन्दताले पोतेर चन्दन
लगाउँछु म यो मेरो देशको माटोको चन्दन
यही आस्था छ ममा जसले हृदयमा शान्ति दिन्छ
यो मेरो देशको धर्ती मेरो हृदयको स्पन्दन ।

साहित्य धरोहर हो मलाई देशले दिएको
महान् कर्तव्य हो मेरो मलाई देशले दिएको
यसलाई पूmलाउन फल्न साथ चाहिन्छ सबैको
यो पूर्ण गर्ने अधिकार मेरो देशले दिएको ।

चोखो साहित्य हो प्राण मेरो गडेको यसैमा
हर स्पन्दनका बुँदाहरू रमेको छ यसैमा
विश्वभरिमा सगरमाथा छ उच्च हिमाल हाम्रो
यही वृहत सागर हो भाव गमेको यसैमा

अवनी अम्बर सारा व्याप्त साहित्य जगत् यो
सुनसान भएर रहन्न कहिल्यै फगत् यो
यसमा हीरा मोती जडित सम्पूर्ण निधि छन्
महक फैलाऔंं यसको यो अमूल्य जगत्मा यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।