गीत : काजी लिम्बू

गीत : काजी लिम्बू

कपन अनलाइन

काठमाडौं असार २७ ।

फर्की फर्की नहेर सोल्टिनी उनेर माया सिलमा
तर्की तर्की नजाउ सोल्टिनी रोपेर माया दिलमा
बुढा सुब्बा भाकेको बिस्र्यौ कि
सकेला नाचेको बिस्र्यौ कि
माघेनी मेलामा बसेर जुहारी खेलेको बिस्र्यौ कि
थकानी मार्दा डाँडामा चाम्रेभात हामीले चाखेको
हलेसिथान मा छुट्टिदा रुमाल चिनो साटेको
राईको कान्छो छोरो म यसपाली घरबार होलाकी
कानैमा चेप्टे सुन दिउला नाकैमा झुम्के बुलाकी
तोलौली सुनले सजाई नौमती बाजा बजाई
नमाने तानेरै लैजान्छु सामुन्ने दसिलाई कजाई

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।