राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बुढानिलकण्ठको सम्मान

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बुढानिलकण्ठको सम्मान

कपन अनलाइन

काठमाडौं असार २६ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बुढानिलकण्ठ नगरपालिकाले  सम्मान गरेको छ।

१०औँ राष्ट्रिय महिला बास्केटबल खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपाधि हासिल गर्न सफल खेलाडीहरू र छिमेकी राष्ट्र भारतमा सम्पन्न ‘1st MMA Bihar State Championship 2026’ अन्तर्गत नेपाल-भारत (India vs Nepal) भिडन्तमा मात्र २० सेकेन्डभित्र ऐतिहासिक र ‘Fastest Knockout’ गर्दै दोस्रो स्थान हासिल गर्न सफल सुजल परियार तथा सानदार प्रदर्शनसहित ‘गोल्ड मेडल’ (स्वर्ण पदक) विजेता पुष्कर देव मल्ल तथा प्रशिक्षकहरुलाई सम्मान गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिकामा आयोजित सम्मान कार्यक्रममा  नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र बुढानीलकण्ठ नगरपालिकाका खेलकुद परिषदका सयोजक सुमन लामा द्वारा लगायतले बधाई दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।