चार मुक्तक :हरि श्रेष्ठ ‘अनन्त’
आफ्ना आफ्ना पार्टी भित्रै, युद्ध गर्छौ नेता हो
भागबण्डा नमिल्दैमा किन अन्तै सर्छौ नेता हो
बरु सक्छौ भने मिलेर देश बनाउन अगि बढ,
नत्र बेकारमा बकम्फुसे गफ किन छर्छौ नेता हो ।
तिम्रै लागि यो तिहारमा मखमली माला उन्दैछु भाइ
यो वर्ष कताकता बिदा मिल्दैन भन्ने कुरा सुन्दैछु भाइ
समयले हो कि बाध्यता, हाम्रो यो नजुराएको सम्बन्ध,
तिहारमा पक्कै जुरोस भन्दै मनमनै कुरा गुन्दैछु भाइ ।
जसलाई मैले फूल सम्झेर टिपेँ,उसले त घात पो गरेछ
माया त गाढै थियोे तर धिक्कार ! उ त निष्ठुरी पो परेछ
यस्तो गर्ला भनेर मैले जीवनमा केनै सोचेको थिएँ र,
आखिर मलाई छोडी किन, उसको मन अन्तै पो सरेछ ।
हरे ! के देख्नुप¥यो संसद भवनको हलमा यस्तो उल्का
कुनै दिन नदेखाउलान् भन्न सकिन्न अब आगोको झुल्का
हाम्रो नेताहरू देश बनाउन गएका हुन कि देश बिगार्न,
अब उठाउनु पर्छ जनताहरू मिलेर हुलदङ्गा गर्नेको मुचुल्का
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
