चार मुक्तक : विमल गिरी

चार मुक्तक : विमल गिरी
कपन अनलाइन
काठमाण्डौ, असार १४।

रिस भर्न सिपालु वित्थामा जाग्छन कोही
बिनामुस्कान मन मुटुबाट भाग्छन कोही
कतै सपना बनेर कतै खुसि बोकेर भनूँ,
नचिनेरै नभेटेरै पनि प्रिय लाग्छन कोही ।

बाँचेकै छु बाँचेकै थेँ भाग्य फुट्यो म फुटेँ
घमण्ड मात्रै टुटेन सम्बन्ध छुट्यो म छुटेँ
भन्थ्ये छुट्नु टुट्नु फुट्नु ठूलो निउ चाहिन्न,
जति थे सबै सपना टुटे मन टुट्यो म टुटेँ ।

दुखाइ, जुटाइ, त फुट्नकै लागि हो भन्छन्
घाउको पराकाष्ठा छुट्नकै लागि हो भन्छन्
वर्षौँको चरम उपेक्षा, बेवास्ता कसरी बाँचौँ
घमण्डहरू अक्सर टुट्नकै लागि हो भन्छन् ।

केवल नेताहरूका सस्तो नारा जस्तो हुनुहुन्न
मूहान छ पानी बिनाको धारा जस्तो हुनुहुन्न
एकनास सदावहार हुनुपर्दछ ध्रुव ताराजस्तै,
क्षणभर चम्केर हराएको तारा जस्तो हुनुहुन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।