चार मुक्तक : गोविन्दराज पौडेल      

चार मुक्तक : गोविन्दराज पौडेल      
कपन अनलाइन
काठमाण्डौ, असार १४।
आजकल किन औधी खुसी हुने खबर आउँदैन
तिमी नभै एक्लो हुँदा मनमा खुसियाली छाउँदैन
टेक्ने हाँगो समात्ने डालो भाँचिएछ गोविन्द तेरो,
त्यसैले होला आजकल मलाई बाँच्ने मन लाउँदैन ।
खै कसले कहाँ देख्छ र मेरो मनभित्र आगो बलेको
छातीभरि खतैखत र मनैभरि बतास हुण्डरी चलेको
तिमी जुनतारा झैँ टाढा भयौ, गोविन्द झरेको पात,
तिम्रो हुन पाइन त्यसैले मनैभरि पिडै पीडा खलेको ।
सृष्टि भएका सबै सिर्जनाहरू नाशवान् छन् यो धाम धरामा
उखेल्न नसक्ने गरी फलामे किलोझैँ गडेका दिलको गरामा
मन त बुझाउँछ गोविन्द फूलको वरिपरि हुन्छन् काँडा भनी,
तर पनि बाँच्नु कसरी वृक्षमा झैँ शीतल पानी नभई जरामा ।
यो सारा संसार त आखिर अविरल बगिरहने खोला हो
धन,दौलत,सम्पत्ति आफ्नैआँखाको भ्रमको झोला हो
घमण्ड किन गर्नु आखिर सिकन्दर पनि गए खाली हात,
मृत्यु पश्चात चाहिने भनेकै घाटसम्म बाँसको डोला हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।