क्यालेण्डर : सञ्जय सोती (कविता)
कपन अनलाइन
काठमाण्डौ, असार १४।
प्रत्येक साल क्यालेण्डरहरू बद्लीरहन्छन्
बदलिएका तिथिमिती झैँ
उही पर्व र बारहरू झैँ
अनि उही विदा झैँ
क्यालेण्डरमा झुण्डिएको फलामे किलामा खिया लाग्यो
प्रत्येक साल
उसैको पक्षमा फैसला सुनाउँछ
खाली मर्छ त देश जनता र गरिब
हतार छ न्यायलाई आकाश झर्लाकी
धर्ती फाट्लाकी भनेर
तैँ चोर मै चोरलाई छुटाउन
नियम कानुनको विधि टुटाउन
हुन त निभ्ने बेलाको बत्ति अँध्यारो हुन्छ भनेझैँ
हे न्याय यही हो भने
तेरो पतन निश्चित छ
सजीव उज्यालो ननिभ्ने गरी आउने
मेरो देशमा एक दिन निश्चित छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
