डिजिटल मुखण्डो : निरुपम श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
एउटा रंगिन
मोबाइलको स्क्रिनमा देखिन्छ – हाई प्रोफाइल
अनुहार छैन– वास्तविक
स्क्रिनको छायामा लुकेको छ
बरमुडाको रहस्यहरू जस्तो
साना नानीदेखि ठुलासम्म
हेक्टिक समय बिताउछन
र ओकल्छन चिसो घु¥यानका अग्र्यानिक जीवनहरू
जहाँ घाम झर्दैनन ।
भावनाहरूएमोजीमा अट्किएका छन्
आँखा छैनन
हृदय छैनन् —रिएक्सन छन्,
भेटघाट छैन—भर्चुअल मीटिङ छन्,
सन्देश छैन—नोटिफिकेसन छन्
हाँसिएको फोटो, झूटको रंगमा रंगिएको छ
गुनासोहरू ‘स्टेटस’ बने
लाइक कमेन्टमा दिन बिते
साथीहरू ‘फोलोअर्स’मा गनिए
गफको भीडमा मौनता गुम्यो
सम्बन्धहरू एक क्लिकमै टुटि गए
जानु पर्दैन
जेष्ठ नागरिकको काध चढेका लासको मलामी
लेखी दिए पुग्छ हार्दिक श्रद्धाञ्जली
फेसबूकको शहर
रील स्टोरीलाई सितन बनाएर
खान्छन ककटेल पाटिमा कर्तुतहरू
आत्माहरू सम्बन्धहिन कथाहरूमा बिलाउछन
एआईको आहारमा अस्तित्व ढलिन्छ
आसुहरू मजाकमा हिड्छन
बिपि माओ लेलिन माक्सका सिद्धान्त
स्क्रिन मै परेड गर्छन्
सभा सम्मेलन जुलुस–
सदन होस या सडक
प्रतिगामी ÷अग्रगामीका भिडन्त
स्क्रिनमा छ्यापछ्याप्ती देखिन्छ
स्टनबाजीमा दौडिरहेको समय
आ– आफ्नै अमिला सपना हावामा फिजाएर
यथार्थ भन्दा परल कुरा
नेट्वोर्क सग काटकुट पारेर
फेसबुक इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्महरूमा
तारेर खान्छन हरेक साझ बिहानी
एउटा चित्रकारको चित्र जस्तो
क्यानभासमा सिइदिन्छ
बेफुर्सदी कथा
शहरको प्रदुषित वान्ता
मेसिनले चोरेको
श्रमिक मालिकको असन्तुलित व्यापार
एरपोर्ट छिरिरहेको एक युवाको सपना
एक श्रीमतीको अतृप्त माया
एक छोराछोरीको भर्चुअल बाउ
एक हिउँद काट्न नसक्ने बुढा बुढीको पर्खाइ
समयको स्क्रिनमा जमिरहेको छ
आजभोली कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
मानिसहरू रमाइ रहेका छन्
थुप्रै सेलिब्रेटी स्क्रिनमा जमिरहेका छन्
भिरेर डिजिटल मुखुण्डो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
