सडक मानव : लक्ष्मीप्रसाद पौडेल (लघुकथा)

सडक मानव : लक्ष्मीप्रसाद पौडेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

“आज फेरि अर्को आएछ ।”
नवजीवन परोपकार संस्थाका कर्मचारीले सडकबाट उठाएर उसलाई गाडीमा हाले । ऊ पक्राउ परेको अभियुक्तझैँ चुपचाप गाडीभित्र पस्यो ।
सरकारले शहरलाई ‘सडक मानवमुक्त’ घोषणा गरेको थियो । नवजीवन परोपकार संस्था शहरदेखि गाउँसम्म सरकारी घोषणा कार्यान्वयन गर्दै हिँडिरहेको थियो ।
उता सरकार नदीकिनार, वनछेउ र अव्यवस्थित बस्ती खाली गराउँदै पनि थियो । यता संस्थाका कोठाहरू कम पर्दै थिए । रासनपानी सकिँदै थियो ।
संस्थाको ढोकामा पुगेपछि उसले झ्यालबाहिर हेर्दै बिस्तारै भन्यो,
“म घर छोडेर सडकमा आएको होइन हजुर ! सरकारले मेरो घर नै सडक बनाइदिएको हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।