गजल : गंगा खड्का
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
क्षितिजबाट हेरिरह्यौ गोधुलीको घाम जस्तै
सम्बन्धलाई टुक्राएर नलेखेको नाम जस्तै
कठोर बनी सुनेनौ अन्तर्मनको ध्वनि मेरो
दुनियाँको बहकाउमा सीता त्याग्ने राम जस्तै
यता मेरो मन पोल्दा उल्टै आगो झोसिदिँदै
अञ्जान भई प्रस्तुत भयौ लठ्ठ पार्ने साम जस्तै
पराइ भए कठैबरा भन्थे होलान् मानवताले
पग्लिएन मन तिम्रो पत्थर मिश्रित चाम जस्तै
यस्तै रैछ तिम्रो मेरो पिरतीको कथाव्यथा
नलेखिएको चिठीको केवल रित्तो खाम जस्तै
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
