मुक्तक चार : बालकुमार क्षेत्री
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
दिन प्रति दिन यो मातृभूमी मिचिदै गएको छ
स्वाधिनता सार्वभौमिकता थिचिदै गएको छ
उत्तर दक्षिण धूर्त भए शासक हाम्रो मौन भयो
नक्शा झनझन् साँघुरो किन खिचिदै गएको छ
भन्छन् अ्मूल्य जिन्दगी लामो यात्रा जारी छ
फाटेको मन र जलेको मुटु भने सधैँ भारी छ
मनका सारा खुशीहरू सबै नियतिले लुटेपछि,
उमंग उत्साह मस्तीचैँ समुन्द्र क्षितिज पारी छ ।
बुझ्नेलाई अमूल्य नबुझ्नेलाई सस्तो रहेछ जीवन
कसैलाई स्वर्ग कसैलाई नर्क जस्तो रहेछ जीवन
सुख दुख त आउँछन् जान्छन् जानु छ आफैँ पनि,
जित र हारको भ्रम चलिरहने कस्तो रहेछ जीवन ।
साहित्यले बिचार उत्पादन गर्छ उन्नत बिज छर्नुपर्छ
छलफललेनै सुधारिन्छ मान्छे त्यसैले बहस गर्नुपर्छ
सत्य मार्ग देखाउने शिक्षितले हो हरेश खान हुँदै हुन्न,
अहङ्कारीले नबुझि रहोस् बुझ्नेको त कान भर्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
