आशावादी होओैँ : प्रमोद नेपाल ( कविता )

आशावादी होओैँ : प्रमोद नेपाल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

काठमाडौँको बजारमा
सबैथोक किन्न पाइन्छ
सबैलाई आवश्यक पर्ने
विकास प्रगति र उन्नति गाह्रो छ पाइन ।
मान्छेहरू थुप्रोको थुप्रो पाइन्छन्
भावनाहरूको छ खडेरी
सहयोग पाइन्न
अचम्मको ठाउँ यो काठमाडौँ
मान्छेलाई सडकमा सहजै मृत्युु पाइन्छ
तर समवेदना र मलामी पाइन्न
देशको राजधानी यो
कार्यालयहरू छन् भरमार
रोजगार पाइन्न
विदेश जानेहरूलाई अति सास्ती
समयमा पासपोर्ट पाइन्न
रेमिटान्सको सहारा अनिवार्य
तर आगमनमा सहुलियत पाइन्न
कृषिमा परनिर्भरता बढी
उब्जनी बढाउन मल पाइन्न
कति गिनाउनु नपाइने कुराहरू
गन्ती गरेर पार पाइन सजिलो छैन्
बहादुर नेपाली हौँ हामी
सहने हद पार नहुन्जेल
नालापानीमा बिना पानी पनि टिक्न सक्ने
तर
झिनो आशा पलाएको छ आज
छिटै विकृतिको अन्त होला कि भन्ने
प्रदुषण रोक्ने अभ्यासको थालनिले
शुद्ध अक्सिजन मिल्न थाल्ला कि भन्ने
आशावादी हुनैपर्छ मान्छेले नआत्तिएर
त्यसैले बसौँ
हामी सबै
आशा नमारेर
एउटा नौलो प्रभातको प्रतिक्षामा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।