चार मुक्तक : सुग्रिब सिह धामी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
देशमै बसुँ या परदेश पसुँ अन्यौलमा छु
कि जोगी बनी खरानी घसुँ अन्यौलमा छु
जे गरेनी समस्याले भने सीमा नाघ्छ यार,
लाग्छ कहिले त घाटी कसूँ अन्यौलमा छु ।
यहाँ अनेक वचन दिइन्छ अनि बात दिइन्छ
हामी जस्ता गरिबलाइ त ओैकात दिइन्छ
हो ! म यो कस्तो स्वार्थी समाजमा जन्मे प्रभु,
पहिला सान्त्वना दिईन्छ अनि लात दिइन्छ ।
मनमा केही गर्ने आशा अनि रहर सिद्धिएको हो
तव मात्र यहाँ आएको अबसर सिद्धिएको हो
प्रभु खुलेआम महिलाहरू बलात्कृत भइरहदा,
त्यसैले त समाजको पनि भर सिद्धिएको हो ।
भगवानलाई फुलपाति दियो बत्ती चढाएकै हुँ
दिलको बिरामीलाई डाक्टर ओखती चढाएकै हुँ
यो रोग यस्तो भईदियो एक्सरेमा पनि तिमी छौ,
मसंगको तन मन जीवन भए जति चढाएकै हुँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
