चार मुक्तक : दुर्लभ शाह ‘त्यागी’

चार मुक्तक : दुर्लभ शाह ‘त्यागी’

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।
लागेर चसक्क कता कता
यहि होला पक्कै मानवता
त्याग,समर्पणको आधारमा,
कहाँ पाइने रहेछ सफलता ।

मसिना कुरा बारबार गर्दैछु
जीउनुमा भिन्नै सुरसार गर्दैछु
म पनि मानव हुन कै खातिर,
पुराना सोच चिरफार गर्दैछु ।

आत्तिनु हुँदैन ढिलो चाडो दिनेछ जरुर
अनावश्यक गुनासो सकिनेछ जरुर
रँगिन आवरण होइन आचरणले,
जीवन आफ्नै रफ्तारमा फेरिनेछ जरुर ।

यथार्थको धरातलमा आउने प्रयास गर्दैछु
भाग्य होइन,कर्मको फल पाउने प्रयास गर्दैछु
सबै चिज सबैको भागमा हुँदैन,प्रष्ट छु त्यसैले,
जे,जस्तो छ भएकोमा रमाउने प्रयास गर्दैछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।