प्रशान्ती एकेडेमी बुढानिलकण्ठ-१२ मा ‘फन फेस्टिभल २०८२’ आयोजना, बालबालिकामा उत्साह
कपन अनलाइन
काठमाण्डौ ,चैत २९।
बालबालिकाको सिर्जनात्मकता, मनोरञ्जन र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रशान्ती एकेडेमी बुढानिलकण्ठ -१२ मा ‘फन फेस्टिभल २०८२’ आयोजना गरिएको छ। सो कार्यक्रममा विभिन्न खेलकुद तथा रमाइला गतिविधिहरू समावेश गरिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम बालबालिका तथा अभिभावकलाई सहभागी हुन आह्वान गर्दै खेलकुद, मनोरञ्जनात्मक गतिविधि तथा अन्य रमाइला कार्यक्रमहरू समेटिने जनाइएको छ।
आयोजकका अनुसार ‘Fun Festival 2082’ बालबालिकालाई शैक्षिक दवावबाट केही समय टाढा राख्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गरिएको हो।
तपाइँको प्रतिक्रिया ।
