बुढानिलकण्ठ खानेपानी बोर्डको जिम्मा उद्दव खरेललाई, दुई सदस्य मनोनित
कपन अनलाइन
काठमाण्डौ ,चैत २९।
बुढानिलकण्ठ खानेपानी बोर्डको अध्यक्ष पदको जिम्मेवारी पुर्व नगर प्रमुख उद्दव खरेललाई दिइएको छ। साथै कार्यपालिका बैठकले बोर्डका सदस्यका रूपमा वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ र वडा नं ४ की सदस्य सुमिता खड्कालाई मनोनयन गरिएको छ।
नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार खानेपानी व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी तथा दिगो बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो।
नवनियुक्त सदस्यहरू श्रेष्ठ र खड्काले अध्यक्षसँग समन्वय गर्दै खानेपानी सेवा विस्तार, मर्मत–सम्भार तथा उपभोक्ताका गुनासा समाधानमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ भने अध्यक्षको अनुकुल हुनेगरी अन्य सदस्य थपिने श्रोतले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।
