दुरदर्शिता : छविलाल खड्का (लघुकथा)

दुरदर्शिता : छविलाल खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

ऊ गहिरो सोचमा डुबेको थियो ।
अचानक स्मृतिको किनाराबाट पुरानो मित्रको लघुकथाको सन्देश बगेर आयो—
‘प्रकृतिलाई थिचिरहँदा सीमा नाघ्छ ।
सीमा नाघेपछि बाढी आउँछ ।
बाढी केवल पानी मात्र होइन, विद्रोहको प्रतीक हो ।’
सन्देश पढ्दा उसलाई चिसो पसिना आयो ।
मन असजिलो भयो, जस्तो कुनै अदृश्य बाढी उसैभित्र उर्लिएको महशुस भयो ।
ऊ हड्बडायो, वरिपरि हे¥यो—
सबैथोक सामान्य देखिन्थ्यो, तर मौन अस्वाभाविक थियो ।
बिस्तारै उसले बुझ्यो—
लघुकथा प्रकृतिको मात्र कथा थिएन ।
त्यो त सत्ताको घमण्डमाथि लेखिएको व्यङ्ग्य थियो ।
जब शासनले मानिसलाई कुल्चन्छ,
जब अन्यायलाई नियम भनिन्छ,
तब जेन्जी विद्रोहको बाढीले बाटो खोज्छ,सहरमा !
अन्ततः सेनाको बन्द कोठासम्म धकेल्यो ।
बल्ल उसले बुझ्यो —
‘लघुकथाकारको दुरदर्शिता ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।