खुकुरी : सुलभ भारती
कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
फुकेर अगानो
पकाको खुकुरीलाई
पर्साऊदै छु त्रिसुलिमा
झन धारिलो बनाऊन ।
रन्कियो चुचुरो
सबेरै हिमालको
हातमा नारायणी झै
चम्चमाऊन ।
दाऊरा र सुरुवालमा
खालि
पटुकि सुहाएन,
ठाडोमा शिरको
ढाकालाई अडाऊन ।
बगरमा आमाको
पच्छौरी उड्दै छ,
पसिना पुच्दै
निचोर्दै सुकाऊन ।
आकाशले थिचेको जस्तै
सगारमाथाको ऋण हो
मुठ्ठि–मुठि सास अनि
आमाकै रगत हो ।
चन्द्र सुर्य तल
सधै रहने नेपाल,
एऊटा मरेर बाच्छ
त्यो पनि वैभव हो ।
फुकेर अगानो
पकाको खुकुरीलाई
पर्साऊदै छु त्रिसुलिमा
झन धारिलो बनाऊन ।
रन्कियो चुचुरो
सबेरै हिमालको
हातमा नारायणी झै
चम्चमाऊन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
