चार मुक्तक : नबिन बिष्ट

चार मुक्तक :  नबिन बिष्ट

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
नभएनी पैसा नभएनी धन पढ्ने बेलामा
धेरै नै खुसी थियोनी मन पढ्ने बेलामा
उमेर बढ्दै जाँदाखेरी मन खिन्न भएपनि,
रमाइलो थियो विद्यार्थी जीवन पढ्ने बेलामा ।

बगाउथे सधै आसुँका खोला गरिब मान्छेले
यस्तै हो भनि मनुष्य चोला गरिब मान्छेले
यदि भगवान मान्ने चलन हुन्थेन भने देखि,
दुःख कसलाई सुनाउथे होला गरिब मान्छेले ।

नभएर सम्पत्ति नभएर धन कहाँसम्म चल्छ
रुहाएर आफुले आफ्नै मन कहाँसम्म चल्छ
जिन्दगी देखेर पनि हेरि रहुँ लाग्छ हेर्दै जाउ,
यो अभावै अभावको जीवन कहाँसम्म चल्छ ।

सायद व्यर्थ थियो मेरो पर्खाई कहिले पर्खिएन
छोडिदिएछ बरु एक्लो बनाइ कहिले पर्खिएन
हेर त मैले समयलाई सधै भोलिभोलि भनिरहे,
समयले उल्टै पछारेछ मलाई कहिले पर्खिएन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।