गजल : लक्ष्मी स्मृति

गजल :  लक्ष्मी स्मृति

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
पूर्व मेची पश्चिम काली मेरै देश भित्र ।
गर्व गर्छु म नेपाली मेरै देश भित्र ।

सुन फल्छ हिरा फल्छ के छैन र यहाँ,
तराई पहाड त्यो हिमाली मेरै देश भित्र ।

दौरा, धोती, कमिज, बख्खु जे पहिरिऊँ
सम्मानमा बज्छ ताली मेरै देश भित्र ।

राई, लिम्बु, मैथिली, अवधी, थारु, शेर्पा
मेरै दिलका बोलीचाली मेरै देश भित्र ।

कतै कमल फक्रक्क, गुराँस धप्प कतै
अहो शुन्दर हरियाली मेरै देश भित्र ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।