नदीको मन : त्रिलोचन आचार्य (कविता )

नदीको मन : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।

जन्मेर अग्लाहिमश्रृङ्खलामा
पसेर खोल्छा खहरेहरूमा
खपेर वाधाव्यवधाननाना
चम्केर आएँ म हिरा समान ।१।

खेदे लखेटे कति के हिसाब
मारे थुपारे छ कहाँनिसाफ
घेरे निचोरे र लगे भिजाए
चिरी चिथोरी भरिया बनाए ।२।

भारी उमारीकनअन्नपात
खाए रमाए सुख खातखात
ठाडै खसालीबिजुलीबनाए
नदीमलाई सबले सताए ।३।

आमाभुवाबादल उड्न सक्ने
म माथिउक्लौँ न भन्यो नसक्ने
कुद्दै पुग्यो सागरसम्म थुप्य्रो
खै बास बस्ने छ कहाँ र झुप्रो ?।४।

सेवामयीजीवनको छ तान
श्रोता स्वयम् बन्नु स्वयम् छ गान
स्वयम् छु पानी छ परन्तु तिर्खा
बस्ने मलाई न कतै छ पिर्का ।५।

पारे विगारे धमिलो मलाई
खाएमिसाई अमिलो मलाई
सुत्छन् हुने दोषकसी सिरानी
पखाल्नुपर्ने म गई खरानी ।६।

म बेगले बग्छु बगी रहन्छु
र फेरि उठ्दै नवदृष्टि बुन्छु
यो सृष्टि मेरो घरबार नै हो
प्यारो धरा यो दरवार नै हो ।७।

मान्छे नहेपून् छ लुलो भनेर
के गर्छ सानो छ कुलो भनेर
बाटो नयाँसिर्जनको छ ताँती
हिडेँ हिँडी मात्र रहेँ म हाँसी ।८।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।