चार मुक्तक : गंगा लिगल

चार मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

पुर्व दिशाको झलझलाकार सुर्य संग
मितेरी लगाऔं उषाको माधुर्य संग
चौतर्फ हराभरा सुन्दरताको प्रतीक्षामा
आशा राखौं हामी गुलाफको सौन्दर्यतामा ।

लहलाउदो पल्लवको लहरा संगै
दाजौ जीवनलाई उन्नतिका पहरा संगै
अमर कृतिको महान आकाङ्क्षामा
प्रभावित भै रहु सुन्दरताको छ्हरा संगै ।

बुद्धले बिश्वमा शान्ती प्रदान गरे
जन जन सबैमा आनन्द प्रदान गरे
दर्शाई छोडे सुकिलो सिधाान्त यहाँ
बिश्वभरिनै सानन्द प्रदान गरे ।

जीवनमा खोज्नुपर्छ सुनौलो सुनौलो बिहानी
उन्नत पथमा हिडन रोज्नु पर्छु उत्तम कहानी
बिराउन हुन्न कहिले उन्नत मार्ग
अनि बन्न सक्छ नै जीवन सुहानी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।