कलम हरायो : भाबना बराल
कपन अनलाइन
काठमाण्डौ,चैत ९।
आइतबार स्कुलमा
कलम हरायो
देख्यौ भनी सोध्या रिसाई
साथी करायो ।
स्कुलदेखि घरमा पनि
लफडा नै प¥यो
हराएको होइन कलम
कसको आँखा प¥यो ?
केले लेख्ने गृहकार्य
चिन्ता प¥यो मलाई
अँगालोमा टाँसे आज
खुसी पार्न बालाई ।
नयाँ कलम किनिदिनुस्
फेरि आज मलाई
हतार गरी बालाई दिएँ
मिठो चिया बनाई ।
दशको नोट दिनुभयो
कलम किन्न भनी
म्याथको होमवर्क गर्न बसेँ
औला गनी गनी ।
अंकमाल गर्दै बालाई
कबुल गरेँ पढ्छु
यही कलमले पढी लेखी
सगरमाथा चढ्छु ।
जतन गर्छु अब चाहिँ
कलम हराउदिनँ
इमानदारी साथीलाई म
आरोप लगाउदिनँ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
