स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य हुँदै

हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायलाई निर्वाचनको माध्यमबाट सबल पार्न सरकार कठिबद्ध रहेको बताउनुभएको छ ।

हेटौँडा उपनगरपालिकाद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले सरकारले स्थानीय निकायको चाँडोभन्दा चाँडो निर्वाचन गराउन सर्वदलीय सहमति कायम गर्न गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री थापाले सरकारको सीमित स्रोत र साधनले मात्र नगरलाई अत्याधुनिक सहर निर्माण गर्न नसकिने बताउँदै स्थानीय स्रोत र साधनलाई निष्पक्ष ढङ्गबाट बाँडफाँट गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा हेटौँडा उपनगरपालिकाका कार्यकारी अधिकृत सुदेश पोखरेलले तत्कालीन हेटौँडा नगरपालिकाको– ११ वडाबाट थपिएर उपनगरपालिका घोषणा हुँदासम्म २९ वडाका स्थानीय बासिन्दालाई खानेपानी, सडक र विद्युतीकरण गर्न बजेट अभाव रहेको जानकारी गराउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।