प्रमको सम्बोधन साँझ ६ बजे

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
तिहार अगावै सम्बोधन गर्ने बताइए पनि प्राविधिक कारणले रोकिएको सम्बोधन सञ्चारमाध्यम मार्फत आज साँझ ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

 

नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रक्रिया नियमित जस्तै छ । संविधानको जारी भएपछि सरकारको सोच, तराई–मधेसमा देखिएको समस्या, सो समस्या समाधानमा हालसम्म भए गरेका प्रयत्न, सरकारको भावी कार्यक्रम लगायत विषय सम्बोधनमा समावेश गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।