बन्दकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरी, २५ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा आज एउटा ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ९१६२ नम्बरको ट्रकमा मोर्चाको कार्यले आगो लगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रक जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।