नेपाली कांग्रेसका सभापति गगन कुमार थापाका “चार” संयोग
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा अहिले निर्वाचनको प्रचार अभियानमा देश का विभिन्न स्थानमा पुगिरहेका छन।
नेपाली कांग्रेसको विशेष महाधिवेसनबाट सभापतिमा चयन भए संगै निर्वाचनमा होमिएका थापाका चार संयोगहरुका बारेमा यहाँ चर्चा गरिएको छ।
पहिलो : निर्वाचन क्षेत्र नं ४
नेपाली कांग्रेसका सभापति थापाको निर्वाचन क्षेत्र नं ४ रहेको छ। उनले आफ्नो प्रत्यक्ष निर्वाचन लडेको पहिलो निर्वाचन क्षेत्र काठमाण्डौ क्षेत्र नं ४ हो। यस क्षेत्रबाट सभापति थापा तिन पटक प्रत्यक्ष निर्वाचित भएका थिए।
आफ्नो संसदीय राजनीतिको चौथो प्रत्यक्ष निर्वाचन पनि थापाले क्षेत्र नं ४ मै लड्ने भएका छन । यस पटकको उनको निर्वाचन क्षेत्र रहेको छ सर्लाही क्षेत्र नं ४।
दोश्रो : चार पटक सांसद
कांग्रेस सभापति थापाले हालसम्म चार पटक देशको नीति निर्माण गर्ने तह संसदमा आफ्नो भूमिका निर्वाह गरेका छन। उनले २०६४ शालमा समानुपातिक तर्फ संविधान सभा सदस्यका रुपमा भूमिका निर्वाह गरेका थिए।
त्यस्तै २०७० ,२०७४ र २०७९ को निर्वाचनमा उनि काठमाण्डौ क्षेत्र नं ४ बाट सांसदमा निर्वाचित भएका थिए। ति तिनै निर्वाचनमा उनले २१ हजार भन्दा बढी मत प्राप्त गरेका थिए।
तेश्रो : चार सहयात्री अहिले पदाधिकारी
अहिले नेपाली कांग्रेसका सभापति ,उपसभापति र महामन्त्री कुनै समय नेपाल विद्यार्थी संघमा संगै काम गरेका नेताहरु हुन्। सभापति थापा ,उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदिप पौडेल एक समयमा नेवि संघमा संगै काम गरेका नेताहरु हुन्। यिओ चार नेताको काँधमा अहिले नेपाली कांग्रेस रहेको छ।
