जुत्ता बनाउने तालिमका लागि बुढानिलकण्ठ नगरपालिकाद्वारा आवेदन आह्वान
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
बुढानिलकण्ठ नगरपालिकाले जुत्ता बनाउने सम्बन्धी तालिम सञ्चालन गर्न आवेदन आह्वान गरेको छ। नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार आन्तरिक रोजगारी सृजना तथा प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ।
नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँगको सहकार्यमा On-the-Job Training (OJT) सहितको तालिम सञ्चालन गर्न लागेको हो। बुढानिलकण्ठ नगरपालिका भित्र बसोबास गर्ने १८ देखि ४५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र नगरपालिकाको रोजगार सेवा केन्द्र/श्रम डेस्कमा निवेदन दिन सक्नेछन्।
आवश्यक कागजातहरू:
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ थान
-
नगरपालिकामा बसोबास गरेको प्रमाण खुल्ने कागजातको प्रतिलिपि – १ थान
-
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि – १/१ थान
-
जुत्ता बनाउने सम्बन्धी अनुभव भए सो सम्बन्धी कागजातको प्रतिलिपि – १ थान
छनोट प्रक्रियामा नगरपालिकाको स्थायी बासिन्दा, बेरोजगार सूचीमा सूचीकृत तथा श्रम डेस्कमा दर्ता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाएको छ।
