सिन्धुली–१ मा प्रदीप कटुवालको लोभलाग्दो घरदैलो: एमाले जितको नजिक….
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
सिन्धुली क्षेत्र नम्बर १ मा चुनावी सरगर्मीले नयाँ उचाई लिएको छ। नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका प्रदीप कुमार कटुवाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका प्रायः सबै बस्तीहरू छिचोलेर घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन्। निर्वाचन क्षेत्रका गाउँबस्ती र टोलटोलमा पुग्दा उनले पाएको न्यानो स्वागत र जनसमर्थनले सिन्धुलीमा एमालेको पक्षमा अभूतपूर्व माहोल सिर्जना गरेको छ।
घरदैलोका क्रममा मतदाताको उत्साह र स्थानीयको उत्साहजनक उपस्थितिले यसपटक सिन्धुली–१ मा एमालेको जित सुनिश्चित प्रायः देखिएको छ। हुन त यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ, तर कटुवालले अघि सारेको ८ बुँदे समृद्धिको मार्गचित्र र उनको विकासप्रेमी छविले प्रतिस्पर्धीलाई निकै पछि पारेको छ।
हरेक वडा कालोपत्रे सडक सञ्जालमा” जोड्ने, सुनकोशी–मरिण डाइभर्सनलाई समयमै सम्पन्न गर्ने र खुर्कोट–चियाबारी सुरुङ मार्ग निर्माणमा पहल गर्ने जस्ता ठोस एजेन्डाले आम मतदातालाई आकर्षित गरेको छ।
विगतमा स्वास्थ्य मन्त्री र प्रदेश सभा सदस्यका रूपमा उनले गरेका कामको मूल्यांकन गर्दै जनताले यसपटक कटुवाललाई नै भारी मतले विजयी गराउने निष्कर्ष निकाल्न थालेका छन्। विशेष गरी कृषिमा आधुनिकिकरण, “एक गाउँ, एक उत्पादन” को नीति र युवा स्वरोजगारका लागि उनले प्रस्तुत गरेको कार्ययोजनाले गाउँगाउँमा आशा जगाएको छ।
शिक्षा र स्वास्थ्यमा आमूल सुधार गर्ने, सुकुम्वासी समस्या समाधान गर्ने र हात्ती आतंक नियन्त्रण गर्ने जस्ता जनसरोकारका मुद्दामा उनको स्पष्ट प्रतिबद्धता छ। घरदैलोका क्रममा देखिएको जनलहर र विपक्षीको तुलनामा एमालेको सुदृढ संगठनका कारण प्रदीप कटुवाल यतिबेला जितको निकै नजिक पुगेका छन्। सिन्धुलीको विकास र समृद्धिका लागि “परीक्षण भइसकेको र नतिजा दिन सक्ने” नेताको रूपमा कटुवालको पक्षमा जनमत बलियो बन्दै गएको छ।
