डा.राजन भट्टराई क्षेत्र र रास्ट्र दुबैलाई आवस्यक ब्यक्तित्व हो : निर्मल कुइकेल

डा.राजन भट्टराई क्षेत्र र रास्ट्र दुबैलाई आवस्यक ब्यक्तित्व हो : निर्मल कुइकेल

कपन अनलाइन

काठमाडौं,फागुन १४ ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रभावशाली नेता रहेका निर्मल कुइकेलले डा. राजन भट्टराई क्षेत्र र राष्ट्र दुवैलाई अत्यन्त आवश्यक नेता रहेको बताएका छन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा भएको घरदैलो कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध र देशको र क्षेत्रको विकासमा पनि अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै निर्वाचनमा  पराजित हुँदा पनि  दुवै अवस्थामा विकास निर्माण र जनताका सुखदुखमा अत्यन्त सक्रिय रहेका डाक्टर राजन भट्टराईलेलाई विजयी बनाउँदा काठमाडौँ क्षेत्र नम्बर ४ का जनताहरुले न्याय गरेको हुने बताउँदै नेता कुइकेलले आफूहरू पनि डाक्टर भट्टराईलाई विजयी बनाउन अहोरात्र सक्रिय रहेको बताएका छन्।
नेता कुइकेल नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका पूर्व अध्यक्ष भने २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ को उम्मेदवार समेत रहेका थिए।
यस क्षेत्रमा निरन्तर सक्रिय र प्रभावशाली संगठनका रुपमा परिचित रहेका कुइकेलले विकास निर्माणका कामहरूमा पनि निरन्तर रुपमा सक्रियता जनाउँदै आएका छन्

तपाइँको प्रतिक्रिया ।