गजल : हिरा घर्ती

गजल : हिरा घर्ती

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

कसै कसैले जिन्दगीलाई सराब बनाइदिए
नसासँँगै हासो उठ्ने मजाक बनाइदिए ।

सबै मिठो राम्रो अरे को छन् खोज्ने हाड यहाँ
जवानीलाई रसराग युक्त कबाब बनाइदिए ।

नाम होस, दाम होस अनि उस्तै शान उनको
दुनियाँँले हाइ हाई गर्ने रवाफ बनाइदिए ।

हुदा गुनगान गाउने न हो पछि फर्कि हेरोस कस्ले
चिन्छौ ? भन्दा मौनताको जवाफ बनाइदिए ।

मेरो संगत गरेपछि फलिफाप भो उनको जीवन
मेरो जीवन काल पर्खने फसाद बनाइदिए ।

जस्लाई आफ्नो सम्झ्यो मनले उहीँ गर्छन् घात
घातै घातले मन मुटु धराप बनाइदिए ।

पैले हुन्न मञ्जुरी भो अ‍ैले जिउनु करै भा’छ
पल पल मर्दै जिउनै पर्ने दबाब बनाइदिए ।

जुनि काट्नु एक्लै रै’छ दुईचार दिनको हासो मात्रै
यसै यसै मेरो जीवन खराब बनाइदिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।