राष्ट्रिय सङ्कटमा एकजुट हुनुपर्ने ः गृहमन्त्री बस्नेत

ललितपुर, २१ कातिक । गृहमन्त्री शक्ति बस्नेतले हाल नेपालको राष्ट्रिय सङ्कटलाई सबै राजनीतिक दल एक आपसमा मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एकीकृत नेकपा(माओवादी) भारदेउ गाउँ इकाई समितिद्धारा आज यहाँ उहाँलाई राखिएको बधाई एवम् शुभकामना कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीको स्वाभिमानलाई कदर राख्दै छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर गरिने उल्लेख गर्नु भयो ।

भारतको अघोषित नाकाबन्दीका कारण देशमा भइरहेको इन्धनको चरम अभावलाई सहज रुपमा ल्याउन कूटनीतिक पहल भइरहेको बताउदै उहाँले समस्याको समाधान छिट्टै हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा एकीकृत नेकपा(माओवादी)का सांसद् योगेन्द्र घिसिङले देशको विषम परिस्थितिलाई ध्यानमा राखी समस्याको समाधान छिटो खोजिनुपर्नेमा जोड दिनुभयो ।

एकीकृत नेकपा(माओवादी)का जिल्ला ईन्चार्ज दिपेश महर्जन तथा इकाई अध्यक्ष गोपी सिङ्तानले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।