बागमतीको फोहरबाट ऊर्जा

बागमतीको फोहरबाट ऊर्जा

काठमाडौँ, २१ कात्तिक । वाग्मती सफाइ अभियानले बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा पाइएका फोहर सङ्कलन गरी वायुपङ्खे चुल्होमार्फत आगो (ऊर्जा) निकालेको छ ।

सोही उर्जाबाट सहभागीले चिया समेत पकाएर खाएका थिए । मुलुकमा अहिले इन्धन अभाव भइरहेका बेलामा त्यस किसिमका चुल्होको विकास गरी ग्यासको प्रयोग घटाउनका लागि सन्देश दिन खोजिएको हो ।

 

पूर्वमुख्यसचिव लीलामणि पौड्याल भने आगो बाल्न तथा चिया पकाउनमा व्यस्त देखिनुहुन्थ्यो । उहाँलाई त्यस कार्यमा केही सहभागीले सहयोग गरेका थिए । वाग्मतीको उद्गमस्थलका रुपमा रहेको वागद्वारमा अभियानले पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा त्यहाँका विभिन्न फोहर पनि व्यवस्थापन गरेको छ ।

सो अवसरमा उहाँले हामीले उत्पादन गरेका फोहरलाई हामीले नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायतको सहभागिता
थियो ।

तपाइँको प्रतिक्रिया ।