भोलि काठमाण्डौ क्षेत्र नं ३ मा रास्वपाको पार्टी प्रवेश कार्यक्रम, बलियो बन्दै राजुनाथ पाण्डे
कपन अनलाइन
काठमाण्डौ,माघ ८।
राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) ले काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अभियान उद्घाटन तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ निर्वाचन परिचालन समितिको आयोजनामा हुने उक्त कार्यक्रम माघ १० गते बासुकी दरबार,गोकर्ण–५ मा आयोजना हुने जनाइएको छ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार राजुनाथ पाण्डेको उपस्थितिमा हुने सो कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता/कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने आयोजकले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।
