चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

मेरो देशको धर्ती रोएको छ आज
सन्तान सबै अलपत्र परेको छ आज
बिडम्बना भयो आज मेरो देशमा
अथाह विपत्ती यहाँ धरेको छ आज ।

शान्ती हराएको छ हेर है यो देशमा
क्रान्ति नै खोजेको छ यो देशमा
बिना शान्ति कहाँ चयन छ र
क्रान्ती कराएको छ यो देशमा ।

नेताहरूले भित्रि मन सारै कुहाय
जनताको आशामा निरासा ल्याए
दलालहरूले देश अति बिगारे
देशको शान्तिमा आगो लगाए ।

यो कलम रुन्छ है तिम्रो दुखमा
कहिले मरान्त हुन्छ तिम्रो दुखमा
उथल पुथलको हो यो जिन्दगी
अनि ब्यथित हुन्छ है तिम्रो दुःखमा ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।