गजल : लक्ष्मी स्मृति

गजल : लक्ष्मी स्मृति

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

ताक पर्दा खोज्दै भेट्ने जताततै छन् ।
काम सकियो, लखेट्ने जताततै छन् ।

मख्ख किन ? हात चिरी नाम खोप्दैमा,
त्यस्ता नाम हजार मेट्ने जताततै छन् ।

को भन्नु आफ्नो अनि कसलाई पराई,
जस्लाई सम्झ्यो मन रगेट्ने जताततै छन् ।

प्रेम वास्तविक जिन्दगी हो, कसरी भन्नु ?
चोखो हो भन्दै मुटु रेट्ने जताततै छन् ।

स्मृतिमा सबको उपकार सोचुँ भन्यो,
बदलामा दुर्गुण घचेट्ने जताततै छन् ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।