मधेषी मोर्चाको संगतमा लागेर माओवादी पनि भ्रष्ट भयो: उपेन्द्र यादव
२ जेठ, बुटवल । मधेषी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अब कुनै पनि हालतमा देशमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।
आज बिहान बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत भईसकेकाले कुनै हालतमा तथा जस्तोसुकै संकटमा पनि राजतन्त्र नफर्किने बताए । उनले संविधानसभाको विघटन पछी देशमा राष्ट्रिय सहमितको खाँचो भएको औल्याउँदै देशलाई निकास दिन अहिलेको सरकारलाई तत्काल हटाउनुपर्ने बताए । उनले सोही अवसरमा बोल्दै माओवादी पनि मधेषी मोर्चाको संगतमा लागेर भ्रष्ट भइसकेको आरोप लगाए ।
तपाइँको प्रतिक्रिया ।