चेक र ग्रिस क्वाटरफाइनलमा

३ असार, काठमाडौ ।  युरोकपको समूह ए को लिग चरणको खेल सकिएको छ । हिजो राती सम्पन्न खेलमा आ-आफ्ना खेल जित्दै चेक रिपब्लिक र ग्रिस क्यावटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराती भएको पहिलो खेलमा चेक रिपब्लिकले रूसलाई १-० गोल अन्तरले पराजीत गर्दै क्याटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो भने चेक रिपब्लिकले पनि सहआयोजक पोल्याण्डलाई १-० गोल अन्तरले नै पराजित गर्दै क्याटरफाइनलमा प्रवेश गरेको छ ।
हारसँगै पोल्याण्ड र रसिया अघिल्लो प्रवेश नगर्दै यूरोकपबाट बाहिरिएको छ ।

आज पनि दुई खेल हुँदैछन । समूह बि को खेलमा डेनमार्क र जर्मनी तथा पोर्चुगल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह बि बाट जर्मनी यसअघि नै क्याटरफाइनल पुगिसकेको छ भने नेदरल्याण्ड बाहिरिसकेको छ । आज हुने खेलबाट दोस्रो चरणमा प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । आज पोर्चुगल या डेनमार्क कुन टोली क्याटरफाइनलमा प्रवेश गर्ने भन्ने टुङ्गो लाग्नेछ । यी दुवै टोलिको समान ३-३ अंक छ ।

तपाइँको प्रतिक्रिया ।