कुटी महिमा : भलादमी भोला ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
उनको कुटी देखेपछि
मेरो घरलाई लाज लाग्यो
महल पनि मुर्छा खायो
दरबार त बसाईं गयो ।
कुटी भित्र को को बस्छन्
एउटै जिल्ला अट्ने भयो
जनताको झुपडी त्यो
सधैँ पानी पस्ने भयो।
पुँजीपति सम्भ्रान्तका
सुख सयल बढ्दै गए
गरिबीको संख्या बढ्छ
कुटीहरू बन्दै गए ।
बुद्ध बन्न खोज्दैछन् ती
नरभक्षी स्यालहरू
एकोहोरो कराउँछन्
विचारहीन गिद्धहरू
रगतको होली खेली
आउँदै थिए शासकहरू
दौलत सबै खरानी भो
ठड्याउने रे कुटीहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
