गजल :गंगा खड्का
कपन अनलाइन
काठमाण्डौ ,पुस १३ ।
तिमी वचन लाउँदै गयौ मैले ख्याल ठानिरहेँ
तिमीले ढुङ्गा हान्दै गयौ मैले फूलले हानिरहेँ
तिमी भाग्न खोज्थ्यौ फुत्किएर जसरी नि
अमूल्य ठानी मैले चाहिँ अङ्गालोमा बानिरहेँ
नआएको कहाँ हो र मेरो पनि भाग्य फिर्दै
सबै खुसी लत्याएर मैले तिमीलाई छानिरहेँ
चन्द्रमामा नि खोट हुन्छ भन्ने कुरा सकारेर
यो जुनीमा तिम्रै हुने आशमा सास धानिरहेँ
तिम्रो घृणा मेरो लागि उल्टै प्रेमअमृत भयो
त्यही भएर त तिमीलाई देउता मैले मानिरहेँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
