बाछिटाहरू : नीलम ( कविता )

बाछिटाहरू : नीलम ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १२।

खोटमा
कुरुप रङ
ओँठमा

सिर्जना
मनको सङ्लो
तिर्सना

विलाप
आत्मिक क्षण
मिलाप

बिन्दुमा
हिउँको ताप
सिन्धुमा

जोखिम
जरा जङ्गली
सोखिन

कलम
अक्षेर खेती
मलम

पिनास
भ्रष्टको खेती
विनाश

लाभाले
आँखामा फूल
आभाले

सबै हो
घामको न्यानो
दबै हो

झरीमा
चिसो घुस्यान
थरीमा

मुहार
कपटी हियो
प्रहार

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।