गजल : लक्ष्मी स्मृति
कपन अनलाइन
काठमाडौं,पुस ५।
मायाँको बदला पिर देर गए ।
सम्झन्छु भन्नेले बिर्सेर गए ।
उँधो छ गति जहिल्यै देशको,
पत्याएका नेता सब खेर गए ।
देउता बाटामा माग्दैथे भिख,
तिर्थालुले पत्थर ढोगेर गए ।
आमाले सब बेचिन बंश भनी
सन्तानले आमा नै बेचेर गए ।
दुश्मनले रगत दिएछ मलाई
साथीले पो छुरा धसेर गए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
