कलियुगको महाभारत : अम्बिकाप्रसाद कोइराला ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २८।
पाण्डुको अनुमतिमा
धृतराष्ट्र आदेस दिन्छ
दुर्योधन हतियार चलाउँछ
नहकुल सहदेवहरू पटापट मारिन्छन्
विदुर मौन छन्
युधिष्ठिरहरू आँखा चिम्लेर आदेश मानिरहेछन्
इन्द्रप्रस्त हस्तिनापुर स्तब्ध छ
रगत बग्ने र सुक्ने क्रम जारी छ
कलियुगको महाभारत चलिरहेको छ यहाँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
