ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ७।
ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ओएसिसले न्यु जेनिथलाई ३२–२२ ले पराजित ग¥यो । ओएसिसको जितमा भिजनले ९ अंक योगदान गरे । सुगम राना मगरको १२ अंक सहयोगमा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४७–२० को फराकिलो अन्तरले हरायो । राइजिङ स्टार विरुद्धको खेलमा स्किब्स २५–२४ को साँघरोअन्तरले विजयी भयो । स्किब्सका युनिक थापा मगरले ८ स्कोर गरे ।
स्युचाटारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै बाल दीक्षा सदनले रेडियन्ट रिडर्स एकेडेमीलाई २५–२२, बेबी एन्जलले निःसर्ग वाटिकालाई ४१–१७, पुष्पसदनले विस्डमलाई ३५–२०, पिपुल्स एकेडेमीले कश्यपलाई ३१–२० र केभीसीले सभ्यता पाठशालालाई ३२–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । बाल दीक्षाका सइल महर्जनले २०, बेबी एन्जलका आर्यन नगरकोटीले १५, पुष्पसदनका सम्राट लामाले १३, पिपुल्सका वचन मगरले १४ र केभीसीका आरोनलाल श्रेष्ठले ११ अंक जोडे ।
