काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने शम्भु प्रसाद भट्टराईको तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ७।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष शम्भु प्रसाद भट्टराईले ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गएका छन।
यहि मङ्सिर २७ गते देखि हुने महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष समेत रहेका छन।
काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि बन्नका लागि उम्मेद्वारी दिने तयारी गरेका भट्टराईले आन्तरिक छलफल र परामर्शलाई तीव्रता दिनुका साथै सामुहिक अन्तरक्रियालाई पनि प्राथमिकता दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाको सुशासन तथा क्षेमता विकास समितीका संयोजक रहेका भट्टराईले यस पटक आफुलाई प्रतिनिधि बनाउनका लागि सम्पूर्ण सदस्यहरुमा अनुरोध समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।
